काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले सस्तो हुँदै ४ हजार ९१५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन यसको मूल्य ४ हजार ९४५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको हो।

