काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सरल, सहज र अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले किओस्क मेसिनमार्फत स्वयं बैंक खाता खोल्न सकिने सुविधा सुरु गरेको छ। बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सार्वजनिक गरेको हो।
हाल यो सेवा बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको डिजिटल युनिभर्सबाट उपलब्ध छ। ग्राहकले किओस्क मेसिनमार्फत आवश्यक विवरण प्रविष्ट गरी आवश्यक कागजात उपलब्ध गराएपछि खाता नम्बर तत्काल प्राप्त गर्न सक्नेछन्।
यसअघि नै बैंकले कमलादीस्थित डिजिटल युनिभर्समार्फत क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवा मेसिनबाटै उपलब्ध गराउँदै आएको छ। बैंकले भविष्यमा यस्ता डिजिटल सेवालाई अन्य स्थानमा पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ग्लोबल आइएमई बैंकसँग हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपाली अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको जनाएको छ।
