काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश मुद्राको भाउ बढेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित प्रमुख विदेशी मुद्राको दर उकालो लागेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा पुगेको छ। हिजो डलरको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा थियो।
गएको माघ १९ गते भने अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुग्दै हालसम्मकै उच्च स्तर कायम भएको थियो।
आज युरो १ को खरिददर १७१ रुपैयाँ १० पैसा र बिक्रीदर १७१ रुपैयाँ ८० पैसा तोकिएको छ। पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा पुगेको छ।
अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा कायम भएको छ।
त्यस्तै, कुबेती दिनार १ को खरिददर ४७५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३५ पैसा पुगेको छ भने बहराइन दिनार १ को खरिददर ३८५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७७ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने बताइएको छ।

