काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ उचाइ समातेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ कायम थियो। लगातार सुन नेपाली बजारमा उकालो यात्रामा देखिएको छ।
यता, चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला २ सय ५ रुपैयाँले घटेर ५ हजार ८ सय १५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।
सुन र चाँदीको मूल्यमा विपरीत दिशाको उतारचढावले बजारमा मिश्रित संकेत देखिएको छ।

