काठमाडौँ — नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य झण्डै १४९ रुपैयाँ पुगेको छ।
आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा कायम गरिएको छ। यस्तै, युरो एकको खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङको मूल्य अझै उच्च देखिएको छ। एक पाउण्डको खरिददर १९६ रुपैयाँ १५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।
अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ ६० पैसा (खरिद) र १०७ रुपैयाँ ०३ पैसा (बिक्री), तथा सिङ्गापुर डलर ११५ रुपैयाँ ५२ पैसा (खरिद) र ११५ रुपैयाँ ९८ पैसा (बिक्री) निर्धारण गरिएको छ।
एशियाली मुद्रामा जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६० पैसा र बिक्रीदर २१ रुपैयाँ ६९ पैसा पुगेको छ। साउदी रियाल ३९ रुपैयाँ ६० पैसा (खरिद) र ३९ रुपैयाँ ७५ पैसा (बिक्री) तथा कतारी रियाल ४० रुपैयाँ ७७ पैसा (खरिद) र ४० रुपैयाँ ९३ पैसा (बिक्री) कायम गरिएको छ।
यसैगरी, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
उच्च मूल्यका मुद्रातर्फ कुवेती दिनारको खरिददर ४८४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ३० पैसा, बहराइन दिनार ३९३ रुपैयाँ ७८ पैसा (खरिद) र ३९५ रुपैयाँ ३६ पैसा (बिक्री) तथा ओमानी रियाल ३८६ रुपैयाँ १६ पैसा (खरिद) र ३८७ रुपैयाँ ७१ पैसा (बिक्री) तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर केही फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने जनाइएको छ।

