काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले बिहिबार साँझ विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जानकारी दिएको हो।
नयाँ मूल्यसूचीअनुसार उपभोक्ताले अब पेट्रोल, डिजेल तथा मट्टीतेलका लागि पहिलेभन्दा बढी रकम तिर्नुपर्ने भएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य समायोजनका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ।


