काठमाडौँ । मुग्लिन–नागढुङ्गा सडकखण्डमा पुनः रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै चैत २०, २१ र २२ गते राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द रहने जनाएको हो।
यसअघि चैत १७ देखि १९ गतेसम्म पनि सो सडकखण्ड बन्द गरी घोप्टेभीर क्षेत्रमा मर्मत कार्य गरिएको थियो। तर मर्मत कार्य अझै सम्पन्न नभएकाले थप तीन दिन रातको समयमा आवागमन रोक्नुपरेको प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

