काठमाडौं — नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। सोमबार यही सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष देखिएको व्यवसायीहरू बताउँछन्।
सुनचाँदीको मूल्यमा आएको गिरावटसँगै बजार कारोबारमा समेत चहलपहल बढ्न सक्ने अनुमान गरिएको छ।

