काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ निर्धारण गरिएको छ, जुन हिजो २ लाख ५५ हजार १४५ रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो।
यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य पनि घटेर ४ हजार ९८ रुपैयाँमा झरेको महासंघले जनाएको छ, जुन हिजो ४ हजार २४० रुपैयाँ थियो।

