काठमाडौँ। अर्थशास्त्री केशव आचार्यको निधन भएको छ । गतसाता अस्वस्थ भएर अस्पताल भर्ना भएका आचार्यको काठमाडौँको माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो।
चैत ३ गते बिहान उनको स्वास्थ्यमा समस्या आएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा पुर्याइएको थियो। मेडिकेयरले आचार्यलाई अन्नपूर्ण न्युरो अस्पतालमा रिफर गरेको थियो ।
अन्नपूर्ण न्यूरो अस्पतालमा आचार्यको मस्तिष्कको शल्यक्रिया भएको थियो । सफल अप्रेसनपछि अब्जरभेसनमा राखिएका आचार्यको सोमबार निधन भएको हो ।
गत हप्ता मंगलबार पूजा गर्न फूल टिपेर फर्कंदा स्वास्थ्यमा असहजता महसुस भएपछि आराम गर्न भनेर बसेका आचार्य चावहिल स्थित घरमै बेहोस भएका थिए। त्यसपछि उनलाई परिवारका सदस्यले मेडिकेयर अस्पताल पुर्याएका थिए।

