काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले यहाँ समय–समयमा साना तथा ठूला भूकम्प जाने गरेका छन्।

