काठमाडौं। ग्लोबल आईएमई बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ।
बैंकले ग्लोबल मनी विकको अवसर पारेर सातै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।
‘स्मार्ट मनी टक्स’ भन्ने मुख्य नारालाई आत्मसात गर्दै बैंकले मार्च १६ देखि मार्च २२ सम्म आफ्ना विभिन्न शाखा कार्यालयमार्फत् कार्यक्रम सञ्चालन गर्नेछ।
यसका साथै बैंकले वित्तीय साक्षरतासम्बन्धी सामग्री उत्पादन तथा प्रकाशन गरी आधिकारिक सामाजिक सञ्जालमार्फत् पनि प्रसारण गर्ने जनाएको छ।
बैंकका अनुसार वित्तीय साक्षरता अभिवृद्धिका लागि हरेक वर्ष शाखा कार्यालयमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको छ। चालु आर्थिक वर्षमा हालसम्म बैंकका ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन्।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी तथा वित्तीय अनुशासनसम्बन्धी विषयमा जानकारी दिइने बैंकले जनाएको छ।

