काठमाण्डौ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् ।
स्थानीय बुचु खङ्गको घरमा मंगलबार अचानक आगो लागेपछि निजसहित पाँच परिवारका घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिएका हुन्।
आगलागीको कारण खुलेको छैन भने यसबाट करिब रु २५ लाखको क्षति भएको उनले बताए । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

