काठमाडौं ।
अनेम संगठनको एकता भेलापछि केन्द्रीय सचिवालयको पहिलो बैठक आज मिति २०८३/२/२८ गते काठमाडौंस्थित पेरिसडाँडामा सम्पन्न भएको छ।
संगठनकी संयोजक दामा शर्माको अध्यक्षतामा बसेको बैठकमा जनवर्गीय संगठनका केन्द्रीय सहसंयोजक जयपुरी घर्ती मगर प्रमुख अतिथि तथा संगठनकी इन्चार्ज जयन्ती राई अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयपुरी घर्ती मगरले जनयुद्धमा महिलाहरूको सहभागिता र त्यस समयको संघर्ष महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले जनयुद्ध र जनआन्दोलनको आधारमा प्राप्त परिवर्तनलाई थप विकास गर्दै नेपाली महिला आन्दोलनलाई संगठित गर्दै समाजवादको दिशामा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।
उहाँले महिलाहरू निराश नभई आशावादी भएर पार्टीभित्र छलफल र बहस गर्दै आम जनताको बीचमा पुग्नुपर्ने बताउँदै जीवन नै संघर्षको यात्रा भएको उल्लेख गर्नुभयो।
बैठकले महिला आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यसहित विभिन्न निर्णय गरेको छ। बाहिर जिल्ला बाट उपस्थित हुन नसक्ने को लागि जुन मिटीङबाट समेत बैठक संचालन गरिएको थियो। कार्यक्रम सञ्चालन कमरेड कमला बिक ले गरेकि थिईन।
बैठकका निर्णयहरू: १. जनवादी क्रान्तिका उपलब्धि र समाजवादी क्रान्तिको दिशामा व्यापक अन्तरक्रिया तथा छलफल सञ्चालन गर्ने।
२. महिला विकासका लागि सीपमूलक कार्यक्रमसँग जोड्ने तथा प्रविधिको प्रयोगमा जोड दिने।
३. आगामी भदौ महिनासम्म सम्पूर्ण प्रदेश, जिल्ला र पालिकाहरूको भेला सम्पन्न गर्ने।
४. पार्टी कमिटीहरूमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न पहल गर्ने।
५. पार्टी सदस्यतामा महिला सहभागिता ५० प्रतिशत पुर्याउन पहल गर्ने।
बैठकले संगठन विस्तार, महिला सहभागिता वृद्धि र सामाजिक रूपान्तरणका अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

