काठमाण्डौ । फिफा विश्वकप-२०२६ को समूह ‘जे’ अन्तर्गत खेलमा अर्जेन्टिनाका खेलाडी लियोनल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै टिमलाई शानदार जित दिलाएका छन् । अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको १७ औँ मिनेटमा पहिलो गोल, ६० औँ मिनेटमा दोस्रो र ७६ मिनेटमा तेस्रो गोल गरेका हुन्। अर्जेन्टिनाका कप्तान मेस्सीको यो छैटौँ विश्वकप यात्रा हो।
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो ।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।
अर्जेन्टिना विश्वकपको साविक विजेता पनि हो। आज साविक विजेता अर्जेन्टिना र उत्तर अफ्रिकी मुलुक अल्जेरिया आमनेसामने भएका थिए ।

