काठमाण्डौ । फिफा विश्वकप प्रतियोगितामा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध तेस्रो गोल गरेको छ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको ७६ मिनेटमा तेस्रो गोल गरेका हुन्।
यसअघि उनले ६० औँ मिनेटमा दोस्रो र १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए। अल्जेरियाले अहिलेसम्म गोल गर्न सकेको छैन।
अर्जेन्टिना विश्वकपको साविक विजेता पनि हो। विश्वकपको समूह ‘जे’ अन्तर्गत साविक विजेता अर्जेन्टिना र उत्तर अफ्रिकी मुलुक अल्जेरिया आमनेसामने भएका हुन्।
यसपटक पनि विश्वकपको मुख्य दाबेदार रहेको अर्जेन्टिनाका कप्तान मेस्सीको यो छैटौँ विश्वकप यात्रा हो।

