काठमाडौँ । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाह बीच मंगलबार भेटवार्ता भएको छ।
भेटका क्रममा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा प्राप्त सफलता तथा ऐतिहासिक उपलब्धिका लागि बधाई दिँदै नयाँ सरकारको सफल कार्यकालका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरे ।
दुवै नेताबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको बताइएको छ। उनीहरूले दुई देशबीचको विशेष सम्बन्धलाई अझ मजबुत बनाउन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
भेटका अवसरमा सभापति लामिछानेले शाहलाई अष्टचिरञ्जीवीसहित विभिन्न नेपाली सांस्कृतिक महत्वका उपहार प्रदान गरेका थिए।
यसअघि भारत भ्रमणकै क्रममा लामिछानेले नितिन नवीन तथा भारतका विदेशमन्त्री एस. जयशंकर सँग पनि भेटवार्ता गरेका थिए ।

