काठमाण्डौ । भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका वडा नम्बर–८ कलमसीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी सूर्य खड्काले जानकारी दिए।
मृतक दुवैजना पुरुष हुन्। उनीहरुको सनाखत हुन बाँकी छ।
सडक ढलानको काम सकेर डेरामा फर्किँदै गरेका मजदुर बोकेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। ट्याक्टरमा १२ जना सवार थिए। ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

