काठमाडौं । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार पराजित गर्दै उपाधि जितेको छ।
सोमबार सम्पन्न फाइनल खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित बनाएको थियो।
वर्षा रोकिएपछि पनि खेल पुनः सञ्चालन हुन नसकेकाले डीएलएस पद्धतिअनुसार नेपाल १९ रनले विजयी घोषित भएको हो। यससँगै नेपालले प्रतियोगिताको उपाधि आफ्नो नाममा दर्ता गरेको छ।

