काठमाण्डौ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणता बदली हुने सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक रुपमा बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणता बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

