काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ भने ८ जनालाई विभिन्न विभाग तथा बाहिनीमा पदस्थापना गरिएको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार एसएसपी विनोदराज श्रेष्ठलाई नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबारमा सरुवा गरिएको छ। यस्तै, एसएसपी किरण ढुङ्गानालाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा जिम्मेवारी दिइएको छ।
मानवस्रोत विभागमा कार्यरत एसएसपी भूपेन्द्र केसीलाई भण्डार महाशाखामा तथा कार्य विभागमा रहेका एसएसपी सुधीरजंग थापालाई अन्य जिम्मेवारीमा सरुवा गरिएको छ। सीमा सुरक्षा विभागका एसएसपी रबिनराज कर्णजितलाई कार्य विभागमा तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यरत एसएसपी भरत खनियालाई सीमा सुरक्षा विभागमा पठाइएको छ।
त्यसैगरी एसएसपी जहारसिंह बुढामगरलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज र जनक पुरीलाई यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ।
कमलप्रसाद तिउसीना, उद्धवबहादुर न्यौपाने, गंगाराम श्रेष्ठ, विकास घिमिरे, यादव विश्वकर्मा, टोपबहादुर खनाल र अशोककुमार बमको पनि सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ।
८ एसएसपीको पदस्थापना
गृह मन्त्रालयले ८ जना एसएसपीलाई विभिन्न बाहिनी तथा विभागमा पदस्थापना समेत गरेको छ।
पदस्थापना हुनेमा दीपककुमार थापा (प्रबन्ध महाशाखा, प्रधान कार्यालय), सुधीर सुवेदी (मानवस्रोत विभाग, प्रधान कार्यालय), महेश केसी (नं. १ बराह बाहिनी मुख्यालय, सुनसरी), प्रकाशकुमार सुवेदी (नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत), चित्राङ्गत दाहाल (नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलाली), सुभाष भण्डारी (नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी), प्रदीपसिंह कार्की (नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की) र संजय भट्टराई (नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर) रहेका छन्।
APF-SSP

