काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्टर्लिङ र कुवेती दिनारसहित अधिकांश प्रमुख मुद्राको मूल्य घटेको छ ।
आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा तोकिएको छ । हिजो भने डलरको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा थियो ।
गत जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च दर हो ।
त्यसयता डलरको मूल्य क्रमशः घट्दै आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

