काठमाडौं । विगत केही दिनदेखि लगातार ओरालो लागेको सुनको मूल्य आज एकैदिन ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु २० हजार ५०० ले वृद्धि भएको हो।
गत शुक्रबार प्रतितोला रु २ लाख ९० हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज बढेर रु ३ लाख ११ हजार १०० पुगेको महासङ्घले जनाएको छ। यो हालसम्मकै उच्च मूल्यहरूमध्ये एक मानिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला रु ५ हजार ४० मा किनबेच भएको चाँदी आज प्रतितोला रु ५ हजार ३४५ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको विनिमयदर तथा विभिन्न आर्थिक नीतिगत प्रभावका कारण नेपाली बजारमा पनि मूल्यमा ठूलो परिवर्तन देखिएको जानकारहरू बताउँछन्।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल सुन प्रतितोला रु ३ लाख ११ हजार १०० तथा चाँदी प्रतितोला रु ५ हजार ३४५ कायम गरेको जनाएको छ।

