काठमाडौँ । साहित्यकार ललित विष्ट दोस्रो कथा संग्रह ‘उत्कर्ष’ लिएर सार्वजनिक भएका छन् । उत्कर्ष फोनिक्स बुक्स, काठमाण्डौले प्रकाशन गरेको हो।
कथासंग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा समावेश छन्। यथार्थ र कल्पनाको धमिलो सिमानालाई भत्काएर पाठकलाई नयाँ स्वाद र चेतनाको संसारमा लैजाने कथाहरू यसमा समावेश भएको लेखक बिष्टले बताएका छन्।
विष्टको पहिलो कथासंग्रह ‘मोहपथ’ मदन पुरस्कार- २०७६ को उत्कृष्टको सूचीमा पर्नुका साथै ‘कर्णाली साहित्य समाज कृति पुरस्कार- २०७६ बाट सम्मानित भएको थियो।

