काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्।
सोमबार नयाँदिल्ली प्रस्थान गरेका रास्वपा सभापति लामिछाने नेतृत्वकाे प्रतिनिधिमण्डल शुक्रबार साँझ काठमाडौं फर्केकाे हाे।
तीनदिने भ्रमणको सिलसिलामा उनी गत शुक्रबार दिउँसो नयाँ दिल्ली पुगेका थिए ।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए।

