काठमाडौं — आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बन्न लिडरसीप एकेडेमीको कोर्ष पूरा गर्न अनिवार्य गरिने भएको छ । काँग्रेस पार्टी सभापति गगनकुमार थापाले यस्तो ब्यवस्था गर्न लागिएको खुलासा गरेका हुन् ।
शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र नेतृत्व विकासलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था लागू गरिने बताए ।
थापाका अनुसार अब ७५३ वटै स्थानीय तहमा चुनाव लड्न चाहने नयाँ तथा पुनः उम्मेदवार बन्न इच्छुक सबैले अनिवार्य रूपमा लिडरसीप एकेडेमीमा भर्ना भएर निर्धारित कोर्ष पूरा गर्नुपर्नेछ।
उनले भने, “उम्मेदवार बन्न चाहने जो कोही—नयाँ होस् वा दोहोरिन चाहने—सबैलाई अनिवार्य रूपमा लिडरसीप एकेडेमीमा भर्ना भएर कोर्ष पूरा गर्नैपर्छ।”
यस घोषणासँगै पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियालाई थप संरचित, प्रशिक्षणमुखी र क्षमतामा आधारित बनाउने संकेत देखिएको छ।

