काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई आज मंगलबार बिहान करिब ६:१५ बजे ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
मेयर सिंहविरुद्ध सरकारी लिखत किर्ते गरेको आरोपमा गत जेठ १२ गते पक्राउ पुर्जी जारी भएको थियो। स्थानीय लियाकत अलीले मेयर सिंहसहित तीन जनाविरुद्ध जाहेरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

