काठमाडौँ । बुधबार तोलामा १० हजार १ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि व्यापक मात्रामा घटेको छ। सुनको भाउ आज तोलामा ५ हजार १ सय रुपैयाँ घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको छ।
हिजो सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो।
बुधबार, बिहिबार दुई दिनमा सुनको भाउ तोलामा १५ हजार २ सय रुपैया घटेको छ।
चाँदी पनि आज थप सस्तिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रतितोला ९० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ६५० रुपैयाँमा कारोबार भैरहेको छ।
हिजो तोलामा १८५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ७४० रुपैयाँ कायम भएको थियो।

