काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका छन्।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि केही समय सार्वजनिक गतिविधिबाट टाढा रहेका ओली आज काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना हुने एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित “सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला” मा सहभागी हुने भएका हुन्। कार्यक्रम अहिले बिहान ११ बजे सुरु हुने जनाइएको छ।
निर्वाचनपछि उनी पार्टीका आन्तरिक बैठक तथा संगठनात्मक गतिविधिमा सीमित रहेका थिए। यस अवधिमा स्वास्थ्य कारणले पनि केही समय विश्राममा रहेको बताइन्छ।
यसअघि ओलीको राजनीतिक प्रतिस्पर्धामा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह सँगको प्रतिस्पर्धा चर्चामा आएको थियो।
आजको कार्यक्रममा सहभागीसँगै ओली पुनः सार्वजनिक राजनीतिक गतिविधिमा औपचारिक रूपमा सक्रिय हुने अपेक्षा गरिएको छ।

