काठमाण्डौ । फिफा विश्वकप फुटबल–२०२६ को दोस्रो खेलमा चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ । मेक्सिकोको ग्वाडालजारा रंगशालामा जारी खेलमा मेक्सिकोले पहिले गोल गरेर अग्रता कायम गरेकोमा दक्षिण कोरीयाले गोल गर्दै बराबरी कायम गरेको थियो ।
दक्षिण कोरियाले ८०औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता कायम गर्यो । दक्षिण कोरियाका लागि ओएच ह्योङयुले गोल गरे ।
दक्षिण कोरियाले चेकियाविरुद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो । १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै जित निकालेको यो चौथोपटक हो ।
५९औं मिनेटमा लादिस्लाभ क्रेज्की गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । तर, चेक रिपब्लिकले अग्रता जोगाउन सकेन । त्यसको ८ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो । ह्वाङ इनबियोमले ६७औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए ।
समूह ‘ए’ मा पहिलो जित निकालेको दक्षिण कोरिया ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । समान ३ अंक जोडेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

