काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।
सार्वजनिक विवरणअनुसार युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २५ पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण सम्बन्धित बैंकहरूको वेबसाइटमार्फत हेर्न सकिने उल्लेख गरेको छ।


