काठमाण्डौ । “ज्ञानी ज्ञानी” बाल गीत सार्वजनिक भएको छ । मनोरञ्जनका साथै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा लागि टेवा पुर्याउने हेतुले निर्माण गरिएको यस बालगीतले संगीतप्रेमीहरूको ध्यान खिचिरहेको छ।
बालगीतमा कृतिमा पाण्डेको आवाज रहेको छ । सानै उमेरमा लोभलाग्दो गायकी प्रस्तुत गरेकी कृतिमाको स्वरले गीतलाई मजबुत बनाएको छ ।
गीतकार ङावा फिन्जु पाख्रिनले शब्द कोरेका हुन् । बालबालिकाले सजिलै बुझ्न सक्ने, गुन्गुनाउन सक्ने र व्यवहारमा उतार्न सक्ने सरल शब्द संयोजन गीतमा रहेको छ ।
पछिल्लो समय सांगीतिक क्षेत्रमा उत्कृष्ट काम गरिरहेका रामचन्द्र रिमालले यस गीतमा सङ्गीत भरेका छन् । रिमालको आकर्षक र कर्णप्रिय संगीतले गीतलाई सुन्नलायक बनाएको छ ।
निर्माण टिमका अनुसार “ज्ञानी ज्ञानी” गीतले मनोरञ्जनका साथै बालबालिकाहरूमा सकारात्मक सोच, मान्यजनप्रतिको सम्मानको भाव र अध्ययनप्रतिको लगाव अनि असल व्यवहारको विकास गर्न प्रोत्साहन गरेको छ ।
संगीतकार रामचन्द्र रिमाल भन्छन् ” डिजिटल युगसँगै बालबालिकाहरू नेपाली भाषा बाहेकका सामाग्री हेरिरहेका छन् । मनोरञ्जन मात्र दिने कन्टेन्टहरूको प्रभाव बालबालिकामा बढिरहेको छ । यही कुरालाई मध्येनजर गर्दै नेपाली संस्कृति झल्कने यो गीत बजारमा ल्याएका हौ ।जुन गीतले बालबालिकालाई मनोरञ्जन र सन्देश दुबै दिन्छ ।”
यस गीतले विद्यालय जाने उमेरका नानीबाबुहरूलाई मात्र नभएर अभिभावक, शिक्षक तथा समाजलाई नै मार्गदर्शन गर्ने विश्वास निर्माण टिमको छ ।
‘ज्ञानी ज्ञानी’को पूरा भिडियो हेर्न क्लिक गर्नुहोस्

