काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। आज र भोलि दुई दिन होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूका लागि अभिमुखीकरण सञ्चालन हुने रास्वपाले बताएको छ।
कार्यक्रमका लागि सांसदहरूलाई ६ बुँदे निर्देशन जारी गरेको छ।
हलभित्र मोबाइल फोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। परिवारका सदस्य, साथीभाइ वा पाहुनालाई होटलमा आमन्त्रण गर्न नपाउने व्यवस्था गरिएको छ।
अभिमुखिकरणमा सहभागी हुने सांसदहरूका लागि पार्टीले नै खाना तथा आवासको व्यवस्था गरेको छ।
सांसद्का सवारी चालक वा सहयोगीहरूको व्यवस्थापन भने सम्बन्धित सांसद स्वयंलाई गर्न पार्टीले सूचित गरेको छ । खाना तथा आवासको व्यवस्था अर्कै स्थानमा गर्न समेत सूचना गरेको छ ।

