काठमाडौं । उपभोक्ताको ढाड सेक्दै इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले भाउ बढाइएको छ। मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा १५५ रुपैयाँ कायम गरिएको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
बारम्बारको मूल्यवृद्धिले यातायातदेखि दैनिक उपभोग्य वस्तुसम्म महँगी बढ्ने चिन्ता उपभोक्तामा थपिएको छ।

