काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अधिकांश प्रमुख मुद्राको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिन घटेको दर आज पुनः उकालो लागेको हो।
अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा कायम भएको छ। हिजोको तुलनामा डलरको मूल्यमा सामान्य वृद्धि देखिएको हो। यद्यपि, गत चैत १८ गते डलरले हालसम्मकै उच्च बिन्दु छोएको थियो, जहाँ खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो।
यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको भन्दा बढेको हो। पाउन्ड स्ट्रलिङ पनि उकालो लाग्दै खरिददर २०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा पुगेको छ।
अस्ट्रेलियन डलरको विनिमयदर पनि सामान्य वृद्धि हुँदै खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा कायम भएको छ।
उता खाडी मुलुकका शक्तिशाली मुद्रामा समेत वृद्धि देखिएको छ। कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३८ पैसा पुगेको छ भने बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।
केन्द्रीय बैंकका अनुसार विनिमयदर आवश्यकताअनुसार जुनसुकै बेला परिमार्जन हुनसक्नेछ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न आग्रह गरिएको छ।

