काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला ५ हजार ४९५ रुपैयाँ निर्धारण भएको छ।
यसअघि बिहीबार एक तोला सुन ३ लाख १७ हजार रुपैयाँ र चाँदी ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो। गत बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँ र चाँदी ५ हजार ७२० रुपैयाँ कायम भएको थियो।
त्यस्तै मङ्गलबार छापावाल सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँ र चाँदी ५ हजार ७२० रुपैयाँ तोकिएको थियो। सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ र चाँदी ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन करिब ५ हजार ११८ अमेरिकी डलर र चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

