काठमाडौँ — उमेश चौहान ले कान्तिपुर दैनिक का प्रधान सम्पादक पदबाट राजीनामा दिएका छन्।
तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा शुक्रबार पत्रकारहरूमाझ उनले आफ्नो राजीनामाबारे जानकारी गराएका हुन्।
करिब पाँच वर्षअघि सम्पादकका रूपमा कान्तिपुर प्रवेश गरेका चौहान त्यसपछि प्रधान सम्पादकमा नियुक्त भएका थिए।
उनको राजीनामाको कारण भने सार्वजनिक गरिएको छैन।

