काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा तोकिएको छ। यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ १५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६२ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ। त्यस्तै चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४० पैसा कायम गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४० रुपैयाँ ५० पैसा तोकिएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा छ। युएई दिराम एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा तोकिएको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६ रुपैयाँ एक पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८१ पैसा र बिक्रीदर २२ रुपैयाँ ९१ पैसा कायम गरिएको छ।
यसैगरी हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २५ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २१ पैसा तोकिएको छ। बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ १३ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ४९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

