काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ११ पैसा र बिक्रीदर १२० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा तथा युके पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक विवरण नेपाल राष्ट्र बैंकको वेबसाइट मा उपलब्ध हुने जनाएको छ ।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

