काठमाडौँ । आज अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा रहेको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा कायम हुँदा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा तथा बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७६ पैसा तथा बिक्रीदर १११ रुपैयाँ १९ पैसा कायम गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा तोकिएको छ । युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
त्यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३७ पैसा तोकिएको छ भने डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७१ पैसा र बिक्रीदर २३ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ५०० रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ भने ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले निर्धारण गर्ने विनिमयदर फरक हुनसक्ने तथा अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरिएको छ ।

