काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार रुपैयाँ घुस लिएपछी सो रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासको टोलीले उनलाई गौशाला नगरपालिकास्थित निगौलचोकबाट नियन्त्रणमा लिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत यादवले एक उपभोक्ता समितिबाट उक्त रकम लिएको जनाइएको छ । पालिकामा सञ्चालन हुने विभिन्न योजनामा उनले मोटो रकम कमिसन लिने गरेको व्यापक गुनासो आएपछि अख्तियारको टोलीले निगरानी बढाएको थियो ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि बर्दीबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लगिएको जनाइएको छ ।

