काठमाडौँ । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीको नेतृत्व पुस्तान्तरण गर्न ६० वर्षमाथिका नेताहरूले पदबाट बिदा हुनुपर्ने धारणा राखेका छन् ।
शनिबार अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको एमालेको आठौँ सचिवालय बैठकको तेस्रो दिन बोल्दै भट्टले पार्टी आन्दोलन नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार भट्टले ‘रूपान्तरण’ भन्ने नाराले मात्रै नहुने उल्लेख गर्दै व्यवहारमै परिवर्तन आवश्यक रहेको बताएका थिए ।
‘पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्षमाथिका सबै नेताहरू पदमा नबसौं,’ भट्टको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘त्यसो हुँदा पार्टी युवाको हातमा पुग्छ ।’
भट्टले पार्टीभित्र पुस्तान्तरणको बहसलाई व्यवहारिक रूपमा लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

