काठमाडाैं। नदीमा बेपत्ता भएका दुई युवाको आइतबार दिउँसो बागमती नदीमा शव फेला परेको छ। सर्लाही र रौतहटको सीमामा पर्ने बागमती नदीमा नुहाउने क्रममा उनीहरू शनिबार बेपत्ता भएका थिए।
बागमती नदीमा नुहाउनका लागि हाम फालेका पाँच जनामध्ये तीन जना सकुशल निस्किन सफल भए पनि सर्लाही लालबन्दी नगरपालिका-९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतोलाई नदीमा अचानक आएको बाढीको भेलले बेपत्ता पारेको थियो।
आइतबार बिहान सवा १० बजे बागमती नपा ११ बागमती पुलभन्दा करिब ५० मिटर उत्तरतर्फ बागमती नदीको पानीमा रोहितको शव फेला परेको थियो। घटनास्थल जाँच मुचुल्का पछि मध्याह्न उनको शवलाई पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल मंलगवा सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ।
साढे १ बजेतिर बागमती न.पा. ११ बागमती पुलभन्दा अन्दाजी १ किलोमिटर उत्तरतर्फ बागमती नदीको ड्याम साइडको पानीमा गणेशको शव फेला परेको थियो।

