काठमाण्डौ । नेकपा एमालेले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सो कार्यदल गठन गर्ने निर्णय गरेको हो।कार्यदललाई प्रतिवेदन पेस गर्न १ महिनाको समय दिइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

