सुनको मूल्यमा सोमबार पनि तीव्र वृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ बढेर ३ लाख २६ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो पनि सुनको मूल्य उही दरले बढेको थियो। हिजो प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ रहेको सुनको भाउ दुई दिनमै ११ हजार २०० रुपैयाँले उकालो लागेको हो।
गत साताको सोमबारदेखि बिहीबारसम्म सुनको मूल्य १० हजार ७०० रुपैयाँले बढेको थियो भने शुक्रबार ५०० रुपैयाँ घटेर प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा झरेको थियो।
यता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ पुगेको छ। हिजो भने चाँदीको मूल्य प्रतितोला २५४ रुपैयाँले बढेको थियो।

