काठमाडौँ । इरान र अमेरिका बीच वार्ताको पहल भइरहेको तथा इरानले नै वार्ताका लागि आग्रह गरेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टहरूलाई इरानले औपचारिक रूपमा अस्वीकार गरेको छ।
इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले त्यस्ता समाचार निराधार रहेको स्पष्ट पारेका छन्। उनले भने, “इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन। अहिले इरान आफ्नो रक्षा गरिरहेको छ, र यो युद्ध इरानले सुरु गरेको होइन।”
यस्तै, कूटनीतिक संलग्नता पुनः अघि बढाउने सम्भावनाबारे सोधिएको प्रश्नमा इरानको विदेश मन्त्रालयका प्रवक्ताले अल जजीरा सँगको कुराकानीमा इरानले यसअघि दुई पटक कूटनीतिक प्रयास गरिसकेको बताएका छन्।
उनका अनुसार २०२५ मा सुरु भएको वार्ता अमेरिका–इजरायली आक्रमणका कारण अवरुद्ध भएको थियो। हालको अवस्थाबारे उनले भने, “वार्ता जारी रहँदा फेरि इरानमाथि आक्रमण भएको छ। अब यो गतिरोध कूटनीतिक रूपमा समाधान हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन।”
यससँगै, इरान–अमेरिका सम्बन्ध थप तनावपूर्ण दिशातर्फ उन्मुख भएको संकेत देखिएको छ।

