काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निर्णयको जानकारी दिँदै डा. भट्टको नियुक्ति औपचारिक रूपमा स्वीकृत भएको बताइन्।

