काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। उनलाई सोमबार राति करिब ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलका अनुसार उच्च रक्तचाप (प्रेसर) बढेपछि उनलाई अस्पताल ल्याइएको हो। राति सुत्ने क्रममा असहज महसुस भएपछि अस्पताल ल्याउँदा प्रेसर उच्च रहेको र पेटमा ग्याँससमेत भरिएको पाइएको उनले जानकारी दिए।
हाल उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। गरिएका केही परीक्षणका रिपोर्ट सामान्य आएका छन् भने अन्य केही परीक्षणका नतिजा आउन बाँकी छन्।
डा. गजुरेल नेतृत्वको चिकित्सक टोलीसँगै पेटरोग विशेषज्ञ पनि उपचारमा संलग्न छन्। यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखेर उपचार भइरहेको छ।
Previous Articleसंकट टार्न इन्धन सुविधा कटौती, भिआइपी सुविधा चाँहि यथावत !
Next Article योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. गुणाकर भट्ट

