‘पोसिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मुलनाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिसँग बैंकको उद्देश्यमाथि टपटेन खबर का प्रधान-सम्पादक नन्दलाल खरेल ले गर्नु भएको कुराकानीको सारसंक्षेप ।
राष्ट्रिय खाद्य बैंक किन आवश्यक छ ? यसले के काम गर्छ ?
आजको खाद्य आवश्यकता पुर्ती गर्दै भोलीका युवा पुस्तालाई खाद्य सम्प्रभुता संरक्षण गर्न ‘पोसिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गरिएको हो । हामी यसलाई दरोसँग संस्थागत गर्न देशब्यापी रुपमा लागेका छौ । हामीले यसलाई अभियानको रुपमा अगाडी लगेका छौ । शहर बजारमा गोष्टी, छलफल र मिडियाबाजी गरेका मात्र छैनौं । हामीले यस बंैक स्थापना भएको गत सालको मंसिर यता देखि झण्डै ५० ओटा जिल्लाहरुमा पुगेर त्यहाँको कृषिको संभावना नियालेका छौ । स्थानिय तहहरुसँग साक्षत्कार गरेका छौ र भोलीको दिनमा कृषि कार्यका लागि सहकार्य गर्न अपिल पनि गरेका छौ ।
पहिलो चरणमा २३ वटा जिल्लामा हामीले जग्गा लिजमा लिएर पाइलट प्रोजेक्टको रुपमा कृषि परियोजना सुरु गरेका छौ । यस बर्ष हामीले झापा गौरादह नगरपालिका स्थीत गौरादहमा ५५ विघा जग्गा लिजमा लिएर विभिन्न जातका बासमती धानको खेती सुरु गरेका छौ । त्यसैगरी त्यहाँ हामीले किसानसँग सहकार्य गरेर करिव ३ सय विघामा धान खेती गरिरहेका छौ । त्यसैगरी बाँके र बर्दियामा हामीले करिव ५ सय विघा जग्गा लिजमा लिएर तथा किसानहरुसँग सहकार्य गरेर विभिन्न मौलिक तथा उन्नत जातका धानखेती व्यवसायिक ढंगले सुरु गरेका छौ । त्यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका अन्तर्गत पनि ३ सय रोपनी जग्गामा धान खेती सुरु गरेका छौ । त्यहाँ पनि हामीले किसानसँग सहकार्य गरेका छौ । हामीले त्यहाँ स्वास्थ्यका लागि अधिक हितकारी एवं लोकप्रिय जेठोबुढो जातको धानखेती सुरु गरेका छौ । हामीले त्यस बाहेकका जिल्लाहरुमा धानखेती हुने ठाउँमा धानखेती सुरु गरेका छौ । आलु खेती हुने ठाउँमा आलु खेती, मकै खेती हुने ठाउँमा मकै खेती । जहाँ जे हुन्छ, त्यही खालको खेतीपाती सुरु गरेका छौ । करिव २३ ओटा जिल्लामा हाम्रो कृषि सुरु भइसकेको छ ।
यसरी हामीले यस बैकले गर्ने काम अघि बढाइ सकेका छौ । यो नेपालको पहिलो खाद्य बैंक पनि हो । ८ महिना अघाडी मात्र यसको स्थापना भएको हो । नेपालको माटो, हावापानी सुहाउँदो बैंक हो । यसले खाद्यान्न सम्बन्धी काम गर्छ । उत्पादन, भण्डारण, विक्री वितरण,
प्याकेजिङ्गको काम आफै गर्छ । हामीले उत्पादन गरेका खाद्यन्य हामी आफनै ब्राण्डमा आउने कार्तिक मंसिरबाटै बेच्न सुरु गर्छौ । हाम्रो उत्पादन बाहेक किसानसँग पनि हाम्रै मापदण्डमा उत्पादन गरेका अनाजहरु खरिद गरेर पनि हामी बजारमा विक्रि गर्छौ ।
खासगरी हामी धान, गहुँ, कोदो, फापर, माछा, मासु, जौ, गेडागुडी, दूध, जडीबुटी, फलफूल, चियाकफी लगायत उत्पादनमा जोड दिन्छौ । छिट्ै आरकेबिएल ब्राण्डमा प्रोडक्टहरु बजारमा ल्याउँछौ । पहिलो चरणमा हामीले आफना ग्राहकहरुलाई नै हाम्रा प्रोडक्टहरु सेवन गर्ने मौका दिनेछौ ।
यस बैंकको स्थापना कति पुजीबाट सुरु गरिएको हो ? आइपिओ आउने कुरा पनि रहेछ कहिले आउँछ त ?
यस बैंक दुई अर्ब रकम लगानीमा स्थापना गरेका हौं । जुन पब्लिक शेयरबाट संञ्चालन भएको छ । एक हजार जना संस्थापक शेयर बनाउने हाम्रो लक्ष्यमा पुरा भएको छ । हामी सरकारको आवश्यक मापदण्ड पुरा गरेर एकदुइ बर्ष भित्रै आइपिओमा पनि जाने छौ । त्यसका लागि हामीले छुट्टै शेयर पुजँीको व्यवस्था गरेका छौ ।
यस बैंक को लक्ष्य–उदेश्य र संगठनात्मक ढाँचाबारे पनि बताइदिनुहोस् न ?
कृषि उत्पादन र व्यापारमा जोडदिने हिसावले यो स्थापना भएको हो । अहिले यस बैकको केन्द्रिय कार्यालय काठमाण्डौको
नयाँ वानेश्वरमा रहेको छ । सात वटै प्रदेशहरुमा शाखा कार्यालयहरु खोल्दै छौ । पाँच वटा शाखा त हामीले खोलि नै सकेका छौ । त्यहाँबाट पनि हाम्रा गतिविधिहरु सुरु भइसकेका छन् । देशभका सबै स्थानियतहमा पुग्ने हाम्रो लक्ष्य हो । राज्यले परिकल्पना गरेको सम्बृद्ध नेपाल बनाउने अभियानमा सहयोग गर्ने हाम्रा अभिप्राय हुन् । आवश्यक ज्ञान,सीप, प्राविधिज्ञ, विउ, विजन, मल,दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतका विज्ञहरुको सहभागितामा यस बैक आफनो कार्यमा जुटेको अवस्था हो ।
बैंकले कृषकहरुसँग चाँही सहकार्य गर्छ कि गर्दैन ?
बैकले आफू पनि उत्पादन गर्छ र कृषकहरुलाई पनिसँगै लिएर जान्छ । कृषिमा काम गर्ने, कृषि सहकारी, कृषिमा काम गर्ने प्राइभेट कम्पनी, नियामक निकायबाट स्विकृत लिएका महिला, युवा, उपभोक्ता समूहरुलाईसँगै लिएर जान्छ । कृषिमा आवद्ध भएका सबैलाई लिएर जान्छ । विउ, प्रांगरिक मल पनि दिन्छ । उत्पादन गरेको सामानहरु खरिद पनि गरिदिन्छ । प्राविधिक ज्ञान पनि दिन्छ, यस बैंकले अनुदानको काम पनि गर्छ । रैथाने विउ–विजन लोप हुने अवस्था छ त्यसलाई संरक्षण गर्ने काम गर्छ । थोरै ठाउँमा धेरै उत्पादनगर्ने काम गर्छ । आधुनिकरण पनि गर्छ । यसले कृषि र टुरिजमलाई जोड्ने काम पनि गर्छ । कृषि पेशालाई सम्मानित, व्यवसायिक पेशा बनाउने काम गर्छ । कृषकहरुको पनि गाडी चढेर हिडने गरी आर्थिक अवस्थामा सुधार ल्याउँने हाम्रो अभियानहो । यसले लाखौको सङख्यामा रोजगारी सिर्जना गर्छ,
यस बैंकलाई सरकारको योगदान छ कि ?
अहिले सरकारको लगानी छैन । प्राइभेट सेक्टरको मात्र लगानी छ । कामगर्दै जाँदा सबैसँग सहकार्य गर्दै
जान्छौं ।
यस बैंकमा कति जनाको कार्य समिति छ ?
यो एघार जनाको हुन्छ । पब्लिक लिमिटेडको कम्पनी नियम अनुसार सञ्चालन हुन्छ । हाल ७ जनाको कमिटी छ । हामीसँग अत्यन्तै विज्ञहरुको समूह छ । कृषिका विज्ञहरु हुनुहुन्छ । जस्तो धानवाली विज्ञ डा. भोला मानसिंह बस्नेत, माटो विज्ञ प्राडा चन्द्र प्रसाद पोखरेल लगायत हाम्रो सल्लाकार हुनुहुन्छ । सबै विषयमा पिएचडी गर्नुभएका डाक्टरहरुको समूह छ । इजरायल, जापान, जर्मन गएर सिकेर आउनु भएका विज्ञहरु हुनुहुन्छ । विएसी एजी गरेका विज्ञहरु हुनुहुन्छ । सबै भन्दा माथि हामीलाई गाइड गर्ने टिम छ । यसका अलावा दुई सय जनाको अर्को एउटा विज्ञहरुको टिम छ । सबै प्रकारको टिमले उत्पादनका काममा सरिक हुनेगरी कार्यक्रम, योजना बनाएर लागिरहनु भएको छ । केही समय पछि नै यसको प्रतिफल देखिन्छ । कृषिको लागि यो नयाँ आयाम हो, नयाँ क्रान्ति र नयाँकाम हो । जसले उत्पादन गर्छ उसैले उपभोक्तासम्म पु¥याउँछ । बाँझो बसेका जग्गामा उत्पादन शुरु हुन्छ । समृद्धि ल्याउने काम बैंकले गर्छ ।
यस बैंकले अरु के के गर्छ ?
खानेकुरा जुन खालको बिसाक्त छ, त्यसलाई रोक्न यस बैंकको प्रयास हुन्छ । त्यसैगरी बैंकले सम्पुर्ण प्रकारको खाध्यान्न, गेडागुडी, हरिया तरकारी, दुध, अण्डा, माछामासु, फलफुल, जडिवुटी, चिया आदि उत्पादन गर्ने र उपभोक्ता सम्म पुर्याउने काम गर्छ । त्यस्तै यस
बैकले कृषि अनुसन्धान पनि गर्छ । जसका लागि हामीले टीम नै खडा गरिसकेका छौ । आधुनिक र अर्ज्ञानीक कृषि उत्पादनमा हाम्रो जोड रहन्छ ।
अन्त्यमा, यस बैकले आफना लक्ष्य उदेश्य बमोजिमका कामहरु एक्लै गर्छ कि सहकार्य पनि गर्छ ?
खासगरी हामी सहकार्यमा नै अधारित भएर नै काम गर्छौ । कृषि कार्यमा लागि रहेका कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कृषि संघसस्थाहरु, गैरसरकारी संघ–सस्थाहरुसँग उत्पादन र बजारिक सम्बन्धमा सहकार्य गर्दै अघि बढ्छौ ।

