सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ,’ प्रवक्ता कार्कीले भने।
त्यसैगरी सरकारले नेपाल परराष्ट्र सेवाका तीन जना उपसचिवालाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरू सुधीर भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई प्रथम श्रेणीको पदमा बढुवा गर्ने निर्णय गरेको हो।
